८ वैशाख २०८१ शनिबार
खेल

रिकभरी प्लान आवश्यक

दैनिकजसो प्रशिक्षण केन्द्रमा अभ्यासरत रहने खेलाडी कोरोना भाइरस महामारीका कारण पछिल्ला ६ महिनायता घरमै सीमित छन्। अहिलेको जटिल परिस्थितिले अधिकांश क्षेत्रलाई प्रभावित गर्दा खेलकुद पनि अछुतो रहने कुरै भएन। यस महामारीको प्रत्यक्ष मारमा परेका खेलाडीले आर्थिक एवं प्राविधिक रूपमा पनि घाटा बेहोर्नुुपरेको छ। यसबीचमा केही खेल संघले अनलाइन प्रतियोगितामामार्पmत खेलाडीको मनोबल बढाउने र आर्थिक सहायता मिल्ने कार्यक्रम गर्नु निकै सराहनीय  कदम हो।  

गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उँचो प्रदर्शन र नतिजा ल्याएर हौसिएका खेलाडीले आफ्नो खेलस्तरमा थप सुधार गर्ने अवसरसमेत गुमाए। उनीहरू यतिका समय खेलमैदान या प्रशिक्षणबाट वञ्चित रहँदा दीर्घकालमा समग्र नेपाली खेलकुदको अन्तर्राष्ट्रिय प्रदर्शन र नतिजालाई पनि असर गर्नेछ। खेल विज्ञ दिवाकरलाल अमात्य पनि लामो समयदेखि खेलाडीहरू घरमै बस्नुुपर्ने अवस्था सिर्जना हुँदा दीर्घकालमा त्यसको असर नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा गर्ने प्रदर्शनमा देखा पर्ने बताउँछन्। यो स्थिति धेरै लामो समय चलिरहेकाले खेलाडी डिप्रेसनमा जान सक्ने उनको भनाइ छ।

‘चैतदेखि नै खेलाडीहरू घरमा खुम्चिएर बसेका छन्। बीचमा केही समय लकडाउन खुले पनि उनीहरू मैदान फर्किन पाएनन्। यो निकै कठिन र जटिल परिस्थिति हो। यसले उनीहरूको इन्डुरेन्स क्यापासिटीमा पनि ह्रास ल्याउँछ। साथै मानसिक रूपमा पनि असर पर्नेछ,’ अमात्यले भने, ‘साथै दीर्घकालमा खेलाडीले चोट बोक्ने सम्भावना धेरै हुन्छ।’ अमात्यले भनेजस्तै कोरोनाका कारण मानिसहरूमा मानसिक तनाव बढेको र मानसिक स्वास्थ्यसम्बन्धी बिरामी पनि बढिरहेका अस्पतालहरूले बताइरहेका छन्।

लामो समयको आराम लगत्तै खेलाडीले अभ्यास थालेमा त्यसले शारीरिक रूपमा पनि हानि पु-याउनेछ। त्यसैले सामान्य अवस्थामा फर्किएपश्चात् खेल सरोकारावालाले कम्तीमा राष्ट्रिय टोलीका खेलाडीका लागि मात्र भए पनि रिकभरी प्लान बनाउनुुपर्छ।  

कोरोनाले सिर्जित त्रासका कारण पछिल्लो समय मानसिक समस्या पनि बढिरहेको नेपालका मनोचिकित्सकहरूले बताउँदै आएका छन्। यो महामारीबाट सामान्य अवस्थामा फर्किसकेपछि त्यसको असर खेलकुुदमा देखिनेछ। लामो समयको आरामलगत्तै खेलाडीले अभ्यास थालेमा त्यसले शारीरिक रूपमा पनि हानि पु¥याउनेछ। त्यसैले सामान्य अवस्थामा फर्किएपश्चात् खेल सरोकारावालाले कम्तीमा राष्ट्रिय टोलीका खेलाडीका लागि मात्र भए पनि रिकभरी प्लान बनाउनुुपर्छ।  

‘लामो समय घरमा नै रहेकाले धेरैजसो खेलाडीको तौल बढेको छ। उनीहरूले दैनिक खाएको खानेकुरा शक्तिमा बदलिनुपर्नेमा तौलमा बढिरहेको छ। यसले गर्दा उनीहरूको मुभमेन्टमा असर गर्नेछ। फुटबल र ब्याडमिन्टनलगायत खेलाडीले राम्रोसँग आफ्नो शरीरलाई चलाउन या फ्लेक्जिबल गर्न सक्दैनन्,’ खेल विज्ञ अमात्य भन्छन्,‘ खेलाडी ध्यानपूर्वक प्रशिक्षण योजनामा अगाडि बढेनन् भने शारीरिक चोट बोक्न सक्छन्।’ विश्वका अधिकांश खेल निकायले खेलविज्ञान अवलम्बन गरेर आफ्नो स्तरलाई धेरै विकास गरिसकेका छन्। हामीसँग भने त्यस्तो परिपाटी छैन। हाम्रो खेल विज्ञानको नीति शून्य अवस्थामा छ भन्दा पनि हुन्छ।  

नेपाली खेलकुदको पनि खेलकुद विज्ञान प्रतिष्ठान त छ, तर त्यसले प्रभावकारी ढंगले काम गर्न सकिरहेको छैन। ‘खेल निकायले हरेक खेलाडीको ग्राउन्ड डाटा राख्नुुपर्छ। उनीहरूको स्वास्थ्य, सामाजिक र आर्थिक अवस्था कस्तो छ भन्ने स्पष्ट हुनुपर्छ। खेलाडी कस्तो अवस्थाबाट गुज्रिरहेका छन् भन्ने निक्र्याेल गर्न सक्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयको स्पोटर््स साइन्सका प्रध्यापकसमेत रहेका अमात्य भन्छन्, ‘खेलाडीले राम्रो अभ्यास गरेर मात्र नतिजा राम्रो आउने होइन। उनीहरूको मनोविज्ञान र अन्य अवस्था पनि बुझ्नुपर्छ। अनि मात्र क्षमता मापन गर्न सकिन्छ।’ अमात्य नेपालको खेलविज्ञान बाल्य अवस्थामा रहेको स्विकार्छन्।  

पाँच–सात अर्ब खर्च गरेर हामी ठूला प्रतियोगिता आयोजना गर्न सक्छौं भने सोही रकम ग्राउन्डस्तरबाटै खेलकुद विकास गर्न पनि खर्च गर्नुेपर्ने उनको भनाइ छ। एक–दुई महिनामा अर्बाैं रकम खर्च गरेर मात्र राम्रो नतिजा आउँदैन। यदि हामीले दक्षिण एसियाली क्षेत्रमै आफ्नो अस्तित्व जोगाउनु छ र एसियामा राम्रो गर्नु छ भने नेपाली खेलकुदलाई वैज्ञानिक तवरबाट अगाडि बढाउनुपर्छ। ‘हाम्रा खेलाडीको हरेक हप्ता प्रदर्शनमा फरक आउन सक्छ। तर, हामीले उनीहरूको कुनै किसिमको रेकर्ड राख्न सकेका छैनौं। इतिहासलाई सम्झेर मात्र वर्तमानमा सुधार आउँदैन,’ उनी भन्छन्, ‘यदि राम्रो नतिजा खोज्नु छ भने कम्ती पाँचवर्षे संरचनागत विकास अगाडि बढाउनुुपर्छ।’

एउटा खेलाडी घाइते भयो भने के गर्ने भन्नेसम्मको योजना हाम्रो खेल निकायसँग छैन र त्यो खेलाडीको करियर नै समाप्त भइरहेका कयौं घटना नेपाली खेलकुदमा छन्। यो लकडाउनका बेलामा धेरै खेलाडीले घरमा सामान्य अभ्यास गरेको भिडियो सामाजिक सञ्जालमा राखेका छन्, तर सबैले त्यो अवसर नपाएका हुन सक्छन्। यस्तो स्थितिमा खेलाडीले एकै पटक मैदान र प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरे भने चोट सिर्जना हुन्छ। त्यसैले सम्बन्धित निकायले उनीहरूलाई बिस्तारै पुरानै अवस्थामा फर्किने वातावरण सिर्जना गर्नुपर्छ।  

यो बीचमा आफ्नो तौल व्यवस्थापन गर्नु र फिट राख्नुु खेलाडीको जिम्मेवारी हो भने त्यसपछि सामान्य अवस्थाबाट पुरानै लयमा फर्काउने माध्यम सिर्जना गर्नु खेल निकायकोे जिम्मेवारी हो। त्यो भन्दैमा छ–सात महिनापछि मैदान फर्किएका खेलाडीलाई प्रशिक्षण गराउन हतार गर्नु हुँदैन। सकिन्छ भने यो बीचमा पनि उनीहरूलाई आत्मविश्वास बढाउने किसिमको अनलाइन कार्यक्रम ल्याउनुपर्छ। त्यो पनि सकिँदैन भने सामान्य अवस्थामा आइसकेपछि फिटनेस, इन्डुरेन्स, स्पिड, एसिलिटी, फ्लेक्जिबिलिटी र स्ट्रेन्थ बढाउने तवरबाट प्रशिक्षण कार्यक्रम ल्याउनुपर्छ। 

प्रकाशित: ९ आश्विन २०७७ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App