५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

टर्किस विमानको टायरमा आगलागी : २७३ यात्रु र ११ ‘क्रू मेम्बर’ सबै सुरक्षित

टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो।  

विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ रहेका थिए। सबै यात्रुहरूलाई सकुशल बाहिर निकालिएको थियो। अहिले प्राविधिक जाँच भइरहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो। 'आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ,' उनले भने, 'अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ।'

प्रकाशित: २८ वैशाख २०८३ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App