१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्मिथका दुई लक्ष्य

अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले संन्यास लिनुअघि इङ्ल्यान्डमा एसेस शृंखला र भारतमा टेस्ट शृंखला जित्ने लक्ष्य रहेको बताएका छन्।  

३१ वर्षे स्मिथले गत वर्ष इङ्ल्यान्ड भ्रमणमा ४ टेस्टमा ७ सय ७४ रन जोडेका थिए। स्मिथले चोटका कारण तेस्रो टेस्ट भने गुमाएका थिए। तर स्मिथको उत्कृट लय टिम पायनेको टोलीलाई शृंखला जित्न पर्याप्त बनेन। यी दुईबीचको शृंखला २–२ को बराबरीमा सकिएको थियो।  

स्मिथले आफ्नो जिम्मेवारी अझै नसकिएको र त्यसले आफू निराश भएको बताएका छन्।  

‘इङ्ल्यान्डको घरेलु मैदानमै शृंखला जित्न सकेको भए त्यो विशेष हुने थियो,’ स्मिथले भने, ‘दुर्भाग्यवश,हामीले जित्न सकेनाैं। व्यक्तिगत रूपमा म सन्तुष्ट छैन। अझै मेरो जिम्मेवारी पूरा भएको छैन। एसेसको उपाधि रक्षा गर्नु मेरो लक्ष्य हो, तर हामीले बराबरी खेल्याैं। हामीले शृंखला त सुम्पिएनौं, तर शृंखला जित्न पनि सकेनाैं। पाँचाैं टेस्टमा हामी पराजित भयाैं, यसले मलाई धेरै निराश बनायो।’

यी दुई टोलीबीच अर्को वर्ष अस्ट्रेलियामा शृंखला हुनेछ। सन् २०२३ को मध्यमा एसेस इङ्ल्यान्डमा फर्कंदा स्मिथ ३४ वर्षका हुनेछन्। स्मिथले ७३ टेस्टमा २६ शतकका साथ ७ हजार २ सय २७ रन जोडेका छन्। त्यस्तै भारतमा टेस्ट शृंखला जित्नु पनि अर्को लक्ष्य रहेको स्मिथको भनाइ छ।

‘यो मेरा लागि दुई ठूला पहाड हुन्, जुन चढ्न बाँकी छ र मैले यो पूरा गर्न सकें भने मेरो खेलजीवन विशेष हुनेछ,’ स्थिमले भने, ‘आशा छ यो छिट्टै पूरा हुनेछ। मेरो खेल जीवनमा खड्किएका यी नै दुई पक्ष हुन्।

प्रकाशित: २३ श्रावण २०७७ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App