७ वैशाख २०८१ शुक्रबार
खेल

प्रशिक्षणले खेलाडी उत्साहित

राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गर्दै रविना महर्जन । तस्बिर: केशव थोकर/नागरिक

कोरोना महामारीबाट नेपाली खेलकुद बिस्तारै पुरानै लयमा फर्कने क्रम जारी छ। करिब चार महिनादेखि लकडाउनका कारण घरभित्रै सामान्य अभ्यासमा खुम्चिन बाध्य खेलाडीहरू मैदान फर्किन पाएसँगै हौसिएका छन्। कोरोना महामारीसँगै गत चैत ११ गतेबाट जारी लकडाउनका कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प छन्। गत वर्ष मंसिरमा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेलगत्तै नेपाली खेलाडी आराम गर्दै थिए।  

करिब दुई महिनाको विश्रामपछि केहीले अभ्यासमा थालिसकेका थिए भने केही मैदान फर्किने तयारीमा थिए। तथापि, विश्वभर तीव्र रूपमा पैmलिएको महामारी नेपालमा पनि भित्रिएपछि सबै क्षेत्रसँगै नेपाली खेलकुद पनि प्रभावित हुन पुग्यो। १३औं सागमा ऐतिहासिक उच्च प्रदर्शन गरेर हौसिएका नेपाली खेलाडीले महामारी सुरु भएसँगै आफ्नो लयलाई निरन्तरता दिन पाएनन्। दैनिक बिहानबेलुका मैदानमा पसिना बगाउने खेलाडी घरमै फिटनेस ट्रेनिङमा नै चित्त बुझाउन बाध्य भए। तर पछिल्ला समय व्यक्तिगत स्पर्धा हुने खेलहरूको अभ्यास धमाधम सुरु हुँदै छ।

विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले निर्धारण गरेको स्वास्थ्य सुरक्षाविधि अपनाउँदै व्यक्तिगत स्पर्धाअन्तर्गतका खेलले प्रशिक्षण सुरु गरेका छन् भने केही प्रशिक्षण गर्ने तयारीमा छन्। नेपाली राष्ट्रिय ब्याडमिन्टन संघले गत जेठ अन्तिम सातादेखि नै कोरियाली प्रशिक्षकमार्फ राष्ट्रिय टोलीका सदस्यसहित प्रशिक्षण थालेको थियो। त्यसपछि अन्य खेलले पनि प्रशिक्षण थालेका छन्। नेपाल बक्सिङ संघले दुई साता अघिबाट सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण केन्द्रमा प्रशिक्षण सुरु गरिसकेको छ। उज्बेकिस्तानका प्रशिक्षक अली शेर रहिमुब र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले प्रशिक्षण दिइरहेका छन्।

१३औं सागमा पदकविजेता खेलाडीसहित राम्रो सम्भावना बोकेका कुल १० बक्सरलाई दैनिक प्रशिक्षण थालिएको संघका प्रवक्ता श्याम अवालेले बताए। ‘लामो समयदेखि खेलाडीहरू घरमै खुम्चिएर बस्न बाध्य भएका थिए। १३औं सागपछि लयमा रहेका खेलाडीको लयमा निरन्तरता लागि पनि स्वास्थ्य सुरक्षाविधि अपनाएर प्रशिक्षण सुरु गरेका छौं,’ अवालेले भने। ‘दैनिक अभ्यास गर्ने खेलाडी लामो समयसम्म घरमै सीमित भएका थिए। सामान्य फिटनेस ट्रेनिङले मात्र उनीहरूको लय जोगाउन गाह्रो हुन्छ। त्यसैले प्रशिक्षण सुरु गरेका छौं र कन्ट्याक्ट प्रशिक्षण भने भएको छैन। उनीहरूको लय, स्टामिना गुम्न नदिनका लागि मात्र अभ्यास थालेका हो,’ अवालेले स्पष्ट पारे।  

अखिल नेपाल टेबल टेनिस संघले पनि बुधबारबाट प्रशिक्षण थालेको छ। टेबल टेनिसले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रिक्वार्टरफाइनलसम्म यात्रा तय गरेका खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।

अखिल नेपाल टेबल टेनिस संघले पनि बुधबारबाट प्रशिक्षण थालेको छ। टेबल टेनिसले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रिक्वार्टरफाइनलसम्म यात्रा तय गरेका खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र सुरु भएको पहिलो दिनको अभ्यासमा भने दुई जना खेलाडी मात्र उपस्थित थिए। टेबल टेनिस संघका मुख्य प्रशिक्षक सञ्जीव ढुंगेलले महामारी कारण सावधानी अपनाउँदै खेलाडीको प्रशिक्षण सुरु गरिएको जानकारी दिए।  

‘सबै किसिमका स्वास्थ्य सुरक्षा विधि अपनाएर प्रशिक्षण थालेका छौं। आज पहिलो दिन भएर सीमित आएका छन्। धेरै जसो खेलाडीले प्रशिक्षणमा आउने जानकारी गराएका छन्। धेरै लामो खेलाडीहरू घरमै बसिरहेकाले उनीहरूको फिटनेस र लयसँगै आत्मबल बढाउने पनि यो प्रशिक्षण आवश्यक थियो,’ मुख्य प्रशिक्षक ढुंगेलले भने।  

टेबल टेनिसकी नेपाल नम्बर तीन खेलाडी रविना महर्जन र सोनु थापामगरले पहिलो दिन उत्साहपूर्वक करिब तीन घन्टा प्रशिक्षण गरे। रबिनाले प्रशिक्षणमा फर्किन पाउँदै निकै उत्साहित भएको बताइन्। करातेले पनि सुरक्षा विधि अपनाउँदै एक महिना अघिदेखि नै अभ्यास सुरु गरिसकेको छ भने  सामूहिक खेल क्रिकेट र फुटबलले पनि प्रशिक्षण फर्काउने तयार गरिरहेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार विश्वकप फुटबल छनोटको तयारीस्वरूप खेलाडीलाई क्वारेन्टिनमा बोलाइसकेको छ।  

प्रशिक्षणरत खेलाडीको पिसिआर टेस्ट
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले प्रशिक्षण सुरु गरेका खेलाडीको पिसिआर टेस्ट गर्ने बताएका छन्। सदस्यसचिव सिलवालले लामो समय अभ्यासविहीन हुँदा खेलाडीको फिटनेस र लयमा पनि असर पर्ने भएकाले व्यक्तिगत तवरबाट अभ्यास गर्न मिल्ने खालका खेलको प्रशिक्षण सुरु गरिएको उल्लेख गरे। साथै उनले केन्द्रमा प्रशिक्षण सुरु गरिएका खेलाडीको पिसिआर टेस्ट गर्नेसमेत विश्वास व्यक्त गरेका छन्। कुनै पनि खेलाडी पाँच दिन मात्र प्रशिक्षण गरेन भने पनि उनीहरूको स्तर खस्कने विज्ञानले भनिसकेको र लामो समयसम्म उनीहरू अभ्यासविहीन भएकाले खेलाडीको प्रशिक्षण सुरु गरेको सिलवालले बताए।

‘एक महिना मात्र रोकियो भने पनि धेरै त्यसले भविष्यमा खेलाडीको रिजल्टमा धेरै नै असर पर्छ, अहिले लकडाउन सुरु भएको पाँचौं महिना भइसकेको छ। यद्यपि, हामीले यसअघि नै खेलाडीहरूलाई घरमै भए पनि सामान्य फिटनेसका अभ्यास गर्न आग्रह गरेका थियौं। त्यहीअनुरूप अधिकांशले घरमै अभ्यास पनि गरे,’ सिलवालले भने, ‘फिटनेस अभ्यासले मात्र स्तर ह्रास हुनबाट रोक्न सकिँदैन। त्यसैले व्यक्तिगत प्रशिक्षण गर्न मिल्ने खालको प्रशिक्षण सुरु गरेका हौं।’ यद्यपि, केही प्रतियोगिता नजिकिँदै गरेकाले सामूहिक खेल फुटबल र क्रिकेटको प्रशिक्षण पनि सुरु भएको उनले बताए।

प्रकाशित: २२ श्रावण २०७७ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App