२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका–इरान युद्ध : विश्वव्यापी खाद्य संकटको चेतावनी

क्याप्शन

संयुक्त राष्ट्र संघ (यूएन) को खाद्य संगठन (एफएओ)का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व ठूलो खाद्य संकटतर्फ बढिरहेको चेतावनी दिएका छन्।

उनले अमेरिका–इरान युद्धले स्ट्रेट अफ हर्मुज बन्द हुँदा मल आपूर्तिमा गम्भीर असर परेको बताए।  

युद्ध सुरु भएदेखि मल आपूर्ति लगभग बन्द भएको छ। जसले गर्दा मूल्य बढ्दै गएको छ र अभाव भएको छ। यसले कृषिमा असर पार्नेछ र बाली उत्पादनमा ३० प्रतिशत सम्म कमी ल्याउन सक्ने उनले बताए।  

जसको कारणले खाद्य वस्तुहरूको मूल्य बढ्न सक्ने उनले बताए। टोरेरोले अल जजीरासँग एसियामा संकट झ्न बढ्दै गएको बताए।

उनले भने, ‘संयुक्त राज्य अमेरिका र ब्राजिल जस्ता प्रमुख देशहरूले आफ्नो बाली परिवर्तन गर्न सक्छन् र गहुँ र मकैको सट्टा भटमास उब्जाउन सक्छन्, जसले बजारलाई थप असर गर्नेछ।’

प्रकाशित: २० वैशाख २०८३ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App