१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो स्थानमा फर्कियो इन्टर

भ्रमणकारी टोली नेपोलीलाई २–० ले स्तब्ध बनाउँदै इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा फर्किंदा एट्लान्टाले पार्मामाथि २–१ को जित निकालेको छ।  

लगातार नवाैं पटक उपाधि उचालेको युभेन्ट्सबाहेक अन्य तीन टोलीले शीर्ष तीनका लागि प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष चारभित्र अटाउँदै च्याम्पियन्स लिग खेल्नका लागि इन्टर, एट्लान्टा, लाजियोबीच कडा प्रतिस्पर्धा छ। लिगमा अब दुई चरणका खेल बाँकी छन्।  

एन्टोनियो कोन्टेको टोली इन्टर तेस्रो स्थानमा रहेको एट्लान्टाभन्दा एक अंकले मात्र अगाडि छ। लिगमा अब इन्टरले आगामी आइतबार एट्लान्टासँग प्रतिस्पर्धा गर्दै छ।  

इन्टरलाई जित दिलाउन ड्यानिलो एम्ब्रोसियो खेलको ११औं तथा ७४औं मिनेटमा लाउटारो मार्टिनेजले १÷१ गोल गरे। जित निकाल्दै इन्टर दोस्रो स्थानमा उक्लिँदा नेपोली सातांै स्थानमा झरेको छ। नेपालीको ३७ खेलबाट ५९ अंक छ भने इन्टरको समान खेलबाट ७९ अंक छ। एक स्थानमुनि रहेको एट्लान्टाको ७८ अंक छ।

मंगलबार इन्टरसँग पराजित भएको टोली नेपोलीका प्रशिक्षक गेन्नारो गाटुसोले बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ खेलअगाडि खेलाडीले गोल गर्न नसकेको समस्यालाई सुधार गर्नुपर्ने बताए। स्पेनिस क्लब बार्सिलोनासँग नेपोलीले अगस्ट ८ मा प्रतिस्पर्धा गर्दै छ। 

शीर्ष चारभित्र अटाउँदै च्याम्पियन्स लिग खेल्नका लागि इन्टर, एट्लान्टा, लाजियोबीच कडा प्रतिस्पर्धा छ। लिगमा अब दुई चरणका खेल बाँकी छन्।  

‘हामीले बार्सिलोनासँगको खेलका लागि निकै मिहिनेत गर्नुपर्नेछ। स्थिर र सन्तुलित खेल देखाउन सकेका छैनौं,’ इटालियन कपको उपाधि उचालेर युरोपा लिगमा स्थान बनाइसकेको टोली नेपोलीका प्रशिक्षक गाटुसोले भने, ‘इटालियन कप पछि हामीले खेलमा सुधार त गरेका छौं तर फिनिसिङ पक्ष भने निकै फितलो छ। बार्सिलोनासँग खेल्नका लागि यही अवस्था पर्याप्त छैन।’

लिगअन्तर्गत मंगलबारकै अर्को खेलमा एट्लान्टाले पार्माविरुद्ध २–१ को जित निकाल्दा पहिलो हाफमा पछि परेको थियो। प्रतिस्पर्धात्मक खेलमा पार्माका लागि दोजन कुलुलसेभेस्कीले गोल गरेका थिए। तर दोस्रो हाफमा सुधारिएको खेल देखाउँदै एट्लान्टाले अंक खोस्न सफल भयो। रुस्लान मालिनोभोस्की र एलेजान्द्रो गोमेजले एक÷एक गोल गर्दा एट्लान्टा तीन अंकको हकदार बनेको हो।  

‘पहिलो हाफमा हामीले सम्हालिएको प्रदर्शन गर्न सकेनौं। निकै फितलो प्रदर्शन रह्यो,’ एट्लान्टाका प्रशिक्षक जियान पियरो ग्यास्पेरिनीले भने, ‘१२ खेलपछि मात्र पछि परेको अवस्थामा अंक खोस्न सक्यौं। सुरुआत राम्रो गर्न नसके पनि अन्तिमतिर सुधार गर्न सफल हुन्छौं।’

प्रकाशित: १५ श्रावण २०७७ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App