१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रोनाल्डोको दुर्लभ कीर्तिमान

स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युरोपका शीर्ष तीन लिग (इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’) मा ५० गोल गर्ने पहिलो खेलाडीको दुर्लभ कीर्तिमान रचेको दिन युभेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को उपाधिनजिक पुगेको छ।  

सिरी ‘ए’ अन्तर्गत सोमबार भएको खेलमा शीर्ष स्थानको युभेन्टसले लाजियोमाथि २–१ को जित हात पारेको हो। युभेन्टसको जितमा दुई गोल गरेका रोनाल्डोले सिरी ‘ए’ मा गोलसंख्या ५१ पु¥याएसँगै युरोपका शीर्ष तीनै लिगमा सफलता प्राप्त गरेका छन्। यस अघि उनले इङ्लिस प्रिमियर लिग र स्पेनिस ला लिगामा समेत ५० गोलको आँकडा पार गरिसकेका छन्। उनी युरोपको शीर्ष तीन वटै लिगमा ५० गोलको कोसे ढुङगा पार गर्ने पहिलो खेलाडी बने।

यसका साथै युभेन्टसले तीन खेलपछि जितको खडेरीसमेत तोडेको छ। ३४ खेलमा ८० अंक जोडेको युभेन्टस शीर्ष स्थानमा छ, जुन समान खेल खेलेको दोस्रो स्थानको इन्टर मिलानको भन्दा आठ अंकले बढी हो। माउरिसियो सारीको टोलीले बिहीबार युडिनेसमाथि जित हात पारेमा वा आइतबार घरेलु मैदानमा साम्पडोरियालाई हराएमा उपाधि जित्नेछ, त्यसका लागि साताका अन्य खेलमा विपक्षी टोलीले कस्तो नतिजा ल्याउँनेछन् र त्यसले पनि निर्धारण गर्नेछ।

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताउँदै ८४ गोल र स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ९ सिजनमा तीन सय ११ गोल गरेका छन्। गत सिजन भने उनले युभेन्टसबाट पहिलो सिजनमा २१ गोल गरेका थिए।

‘अब हामीलाई उपाधि भित्राउन मात्र चार अंकको आवश्यकता छ, त्यसपछि मात्र हामी व्यक्तिगत सफलताको बारेमा सोच्छौं,’सारीले भने, ‘अबका सबै खेल कठिन छन् र ६ दिनको अन्तरमा हामीले तीन खेल खेल्नुपर्छ। त्यसैले हामीले स्वाभाविक लयलाई निरन्तरता दिनुपर्छ र अंक गुमाउँदा हामीमाथि दबाब पर्न सक्छ।’

‘क्रिस्टियानो प्रभावशाली खेलाडी हुन् किनभने उनीसँग अद्भुत क्षमता छ,’रोनाल्डोको कीर्तिमानबारे सारीले भने, ‘शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलिया छन्। उनी च्याम्पियन हुन्।’ रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताउँदा ८४ गोल र स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ९ सिजनमा तीन सय ११ गोल गरेका छन्। गत सिजन भने उनले युभेन्टसबाट पहिलो सिजनमै २१ गोल गरेका थिए।

५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीलाई सदुपयोग गर्दा युभेन्टसले अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल पूरा गर्दा युभेन्टसले अग्रता दोब्बर पा¥यो। जारी सिजन भने रोनाल्डोको सिरी ‘ए’ मा यो ३०औं गोल हो। खेल सकिन तीन मिनेट बाँकी हुँदा सिरो इमोबिलले गोल गरे पनि लाजियोलाई खेलमा फर्काउन पर्याप्त भएन। ‘कीर्तिमान सधैं महत्वपूर्ण हुन्छ, तर टोलीको जित त्योभन्दा माथि हुन्छ,’रोनाल्डोले भने, ‘म टोलीलाई सुखद नतिजा दिलाउन सहयोगी बनिरहेको छु। उपाधि जित्नु महत्वपूर्ण हो। चार खेल बाँकी छन् र प्रतिस्पर्धा अझै कठिन छ।’

प्रकाशित: ७ श्रावण २०७७ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App