१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चेल्सीलाई जिरौडको उद्धार

नर्विच सिटी विरुद्धको खेलमा हेड गोल गर्दै चेल्सीका ओलिभर जिरौड(बीच)। तस्बिर: एपी

रेलिगेसनमा परिसकेको नर्विच सिटीसँग संघर्षपूर्ण जित निकालेपछि चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन निकै कठिन हुने बताएका छन्।

ओलिभर जिरौडको एक मात्र गोलको मद्दतबाट मंगलबार नर्विच सिटीमाथि संघर्षपूर्ण जित निकालेपछि चेल्सी प्रशिक्षक लाम्पार्डले च्याम्पियन्स लिगमा स्थान बनाउन निकै कठिन हुने बताएका हुन्। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जितसँगै चेल्सीले तेस्रो स्थानका लागि लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडविरुद्ध चार अंकको अग्रता बनाएको छ। लेस्टर र म्यानचेस्टरसँग यसै साता हुने प्रतिस्पर्धाबाट चेल्सीसँगको दूरी घटाउने अवसरसमेत छ।  तर लाम्पार्डले सिजनका बाँकी दुई च्याम्पियन लिभरपुल र छैटौं स्थानको वुल्भ्ससँगको खेल निकै चुनौतीपूर्ण हुने बताएका छन्। उनले च्याम्पियन्स लिगमा स्थान बनाउन यी दुईविरुद्धको खेलका लागि धेरै तयारी गर्नुपर्ने समेत औंल्याएका छन्।

‘हामी धेरै काम गर्न चाहन्छौं, तर त्यसका लागि कुर्नुपर्छ। हामी जहाँ, जुन अवस्थामा र अंकतालिकाको जुन वरीयतामा छौं त्यसका लागि तीन अंक महत्वपूर्ण छ,’ लाम्पार्डले भने, ‘यदि हामी यहाँबाट अगाडि बढ्न चाहन्छौं भने आजको खेलभन्दा धेरै सुधार गर्नुपर्छ। उत्कृष्ट लयमा रहेका ती टोलीविरुद्ध खेल्नु त्यति सहज भने छैन।’ गत शनिबार सेफिल्ड युनाइटेडसँग ३–० को हारले नै लाम्पार्डको टोली चेल्सी संघर्ष गर्न चुकेको स्पष्ट थियो र त्यो हारले नै चेल्सीका लागि अन्तिम चारको लक्ष्य अझै कठिन बनाएको छ। इङ्ल्यान्डका अन्तर्राष्ट्रिय पूर्वखेलाडी लाम्पार्डले गत शनिबार सेफिल्डसँगको पराजयपश्चात् पाँच परिवर्तन गरेका थिए, जसमा जिरौड सुरुआती टोलीमा समावेश भए।

चेल्सीले आगामी सिजन आफ्नो अग्रपंक्तिमा सुधार गर्न टिमो वेर्नेर र हाकिमी जियचलाई समावेश गरिसकेको छ। यद्यपि, जिरौडले पनि चेल्सीद्वारा भएको एक वर्षको सम्झौता नवीकरणलाई न्याय गरिरहेका छन्। सिजन फर्किएपछि उनी लगातार लयमा देखिएका छन्। ‘उनी हाम्रा लागि निकै महत्वपूर्ण छन् र आज उनको गोल पनि निकै महत्वपूर्ण थियो,’ लाम्पार्डले थपे। जिरौडले पहिलो हाफमा अन्य अवसर पनि खेर फालेका थिए। क्रिस्टियन पुलिसिकको प्रहार पनि नर्विचका गोलकिपर क्रुएलले उत्कृष्ट बचाउ गरे। नर्विच पहिलो हाफसम्म बराबरीनजिक पुगेको थियो, तर अन्तिम समयतिर जिरौडले गोल  गर्दै चेल्सीलाई अग्रता दिलाए। पुलिसिकको पास सदुपयोग गर्दै जिरौडले हेडरमार्फ गोल गरे।

‘मैले केही अवसर खेर फालें, तर सधैं त्यस्तो हुँदैनथ्यो,’ जिरौडले भने, ‘मैले आत्मविश्वास पनि गुमाएको थिएँ, तर गोल गर्ने चाहना भने उच्च थियो। पुलिसिकको क्रसमा ध्यान केन्द्रित गरेको थिएँ र सोही अनुरूपमा राम्रो हेडरसमेत गर्न सफल भएँ।’ गत शनिबार नै वेस्टह्यामसँग ४–०को हार बेहोरेसँगै नर्विच सिटी च्याम्पियनसिप क्लबका रूपमा फर्किएको थियो। त्यसको तुलना नर्विचले चेल्सीविरुद्ध सुधारिएको रंक्षापक्ति देखाए पनि पछिल्ला आठमध्ये सात खेलमा गोल गर्न सकेन र लगातार नवौं हार बेहो¥यो।    

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जितसँगै चेल्सीले तेस्रो स्थानका लागि लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडविरुद्ध चार अंकको अग्रता बनाएको छ। लेस्टर र म्यानचेस्टरसँग यसै साता हुने प्रतिस्पर्धाबाट चेल्सीसँगको दूरी घटाउने अवसरसमेत छ।

प्रकाशित: १ श्रावण २०७७ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App