१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लेस्टरको बराबरीले चेल्सीलाई फाइदा

लेस्टर सिटीले आर्सनलसँग अंक बाडेसँगै क्रिस्टल प्यालेसमाथि ३–२ को जित निकालेको चेल्सी मंगलबार प्रिमियर लिगमा अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।  

१० खेलाडीमा सीमित आर्सनलसँग तेस्रो स्थानको लेस्टर १–१ को बराबरीमा रोकिएपछि चेल्सीले तेस्रो स्थानमा उक्लिने अवसर पाएको हो। फ्रान्क लाम्पार्डको टोली चेल्सीले पछिल्ला आठ खेलमा सात जित निकालेपछि आगामी सिजनको च्याम्पियन्स लिगको सम्भावना बलियो बनाउँदै लगेको छ। पछिल्ला आठ खेलमा वेस्ट ह्यामसँग मात्र पराजित चेल्सीले चौथो स्थानको लेस्टरसँग एक अंक र पाँचौं स्थानको म्यानचेस्टर सिटीसँग पाँच अंकको अग्रता बनाएको छ। सेलहस्र्ट पार्कमा पूर्वकप्तान ग्यारी काहिल लडेको मौकामा चेल्सीले अग्रता लिएको थियो।  

विलियनलाई पछ्याइरहेका काहिल ह्यामस्ट्रिङका कारण लडेपछि विलियनकै पास सदुपयोग गर्दै ओलिभर जिरौडले गोल गरेका थिए। जिरौडले छैटौं खेलमा चौथो गोल पूरा गरे। प्रिमियर लिग सिजन फर्किएयता क्रिस्टियन पुलिसिकको उत्कृष्ट लय प्यालेससँगको खेलमा पनि निरन्तर रह्यो। २१ वर्षे पुलिसिकले जोएल वार्डलाई छलाउँदै गोल गरेका थिए। ‘क्रिस्टियन साँच्चै महत्वपूर्ण छन्,’ लाम्पार्डले भने, ‘तपाईं विश्वका उत्कृष्ट आक्रामक खेलाडीलाई हेर्नुस्, उनीहरू सधैं गोल र असिस्ट गरिरहेका हुन्छन्। त्यसैबाट पनि खेल जितिने हो र अहिलेको समय क्रिस्टियनले पनि त्यसै गरिरहेका छन्।’

सेलहस्र्ट पार्कमा पूर्वकप्तान ग्यारी काहिल लडेको मौकामा चेल्सीले अग्रता लिएको थियो।  

यस सिजन लाम्पार्डको टोली चेल्सीले विपक्षीमाथि सिर्जना गरिरहेको दबाबलाई सदुपयोग गर्न सकिरहेको छैन र छिट्टै उनीहरू आपैंm दबाब बेहोरिरहेका हुन्छन्। क्रिस्टल प्यालेसका विलफ्रिड जाहाको लामो सशक्त प्रहार गोलमा परिणत भएपछि चेल्सी २–१ मा आएसँगै दबाबमा परेको थियो। तर, अतिरिक्त खेलाडीको रूपमा मैदान आएका रुबेन लोफ्टस चिक र ट्यामी अब्राहमको प्रेरणाबाट चेल्सीले महत्वपूर्ण तीन अंक बटुल्यो। खेल सकिन १९ मिनेट बाँकी छँदा दुवै टोलीले लगातार गोल गरेका थिए।  

७१औं मिनेटमा लोफ्टसकै पासमा अब्राहमले गोल गर्दै चेल्सीको अग्रता ३–१ ले अघि बढाए। तथापि त्यसको एक मिनेटपछि नै प्यालेसका क्रिस्टियन बेनटेकले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याएका थिए। त्यो गोलसँगै चेल्सीलाई आगामी सिजन उपाधिको दाबेदारीका लागि डिफेन्स रणनीति सुधार गर्न चुनौती हुनेछ। चेल्सीका गोलकिपर किपाले स्कट डानको हेडर र कुर्ट जुमाले बेनटेकको दोस्रो प्रहार निस्तेज पारेसँगै स्टामफोर्ड क्लबले स्पष्ट अंक प्राप्त ग¥यो।  

लेस्टरको खराब लय
सिजन फर्किएपछि लेस्टरले पछिल्ला पाँच खेलमा एक मात्र जित निकालेको छ। बुधबार आर्सनलको अग्रता तोड्दै लेस्टरले शीर्ष चारको यात्रा केही सहज बनाउने प्रयास ग-यो। लयमा रहेको आर्सनलको घरेलु मैदानमा अन्तिम समय गोल फर्काउँदै लेस्टरले एक अंक निकालेको थियो।  पिएरे इमेरिक औबामेयाङको गोलबाट अग्रता लिएको आर्सनलका एलेक्सजान्ड्रे लाकाजेटको प्रहार रोक्दै लेस्टरका गोलकिपर कास्पेर स्माकलले आफ्नो टोलीलाई हारको सँघारबाट बचाएका थिए।

८४औं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले आर्सनलबाट एक अंक फुत्काएको थियो।  रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथिको टोली वाटफोर्डले पुछारको टोली नर्विच सिटीमाथि २–१ को जित निकाल्यो। ड्यानी वेलबेकको निर्णायक गोलबाट वाटफोर्डले रेलिगेसन क्षेत्रबाट चार अंकको अग्रता बनाएको छ। 

प्रकाशित: २५ असार २०७७ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App