२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वेर्नेर चेल्सीतर्फ

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले आगामी सिजनका लागि जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिकका स्ट्राइकर टिमो वेर्नेरलाई अनुबन्धन गर्र्ने सहमति गरेको छ ।

इङ्लिस र जर्मनीका सञ्चारमाध्यमका अनुसार वेर्नेरको रिलिज रकम ५ करोड ४० लाख युरो तोकिएको छ । २४ वर्षे वेर्नेरले बुन्डेसलिगामा जारी सिजन २५ गोल गरिसकेका छन् ।

जर्मन स्ट्राइकर वेर्नेर यसअघि लिभरपुलमा जाने खबर सार्वजनिक भएको थियो । उनले लिभरपुलमा अनुबन्धन हुन पाएमा त्यो आफ्ना लागि गर्वको विषय हुने बताएका थिए । उनले जर्मनीका लागि २९ खेलमा ११ अन्तर्राष्ट्रिय गोल गरेका छन् । पछिल्लो समयमा भने लिभरपुलले वेर्नेरलाई भिœयाउन इच्छा देखाएको थिएन ।

गत महिना मात्र चेल्सीले फ्रान्सेली स्ट्राइकर ओलिभर जिरौडसँगको अनुबन्धन नवीकरण गरेको थियो । चेल्सीले अर्को सिजनका लागि गरेको यो दोस्रो अनुबन्धन हो । यसअघि चेल्सीले आयाक्सका विंगर हाकिम जेनिजलाई ३ करोड ७० लाख युरोमा अनुबन्धन गर्ने सहमति गरेको थियो ।

वेर्नेर सन् २०१६ मा स्टुट्गार्टबाट लिपजिगमा आएका थिए । गत साता मेइन्जमाथि बुन्डेसलिगामा ५–० को प्रभावशाली जित हात पार्दा लिपजगले ह्याट्रिक पूरा गरेका थिए ।

जनवरीमा चेल्सी प्रशिक्षक फ्रांक लाम्पार्डले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर इडिसन काभानी र नेपोलीका द्रिइस मार्टिन्सलाई भित्राउने इच्छा देखाए पनि दुवै जनासँग सम्झौता हुन सकेको थिएन । वेर्नेरले जर्मनीका लागि २९ खेलमा ११ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

प्रकाशित: २५ जेष्ठ २०७७ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App