१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फेदीखोलामा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण गरिदैं

पोखरामा बैकिल्पक क्रिकेट मैदान छैन । गण्डकी प्रदेशमा आगामी फागुन २० देखि २७ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । प्रदेशको राजधानी पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्र भएको मैदानमा महिला वा पुरुषको राष्ट्रिय प्रतियोगिता गर्न सकिने छ । दोस्रो मैदान छैन । पोखरा–३ नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र(प्रदेश सभास्थल)मा मैदान उपलब्ध छ । यद्यदी प्रदेशको सभा बसेको छ ।  

स्याङजाको फेदीखोला गाउँपालिकाले क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु गरिसकेको छ । आगामी फागुनभित्रमा क्रिकेट पीच तयार पार्ने योजनासहित काम गर्दै छ । कोभिड–१९ को महामारी छ । देशमा लकडाउन जारी छ । यद्यपी लकडाउनकै बीचमा मैदान निर्माण कार्यलाई अगाडि बढाईएको छ । आगामी आर्थिक वर्षमा मैदान तयार गरेर प्यारापिट निर्माण पुरा गर्ने लक्ष्यसहित काम गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।  

‘हामीले क्रिकेटको मापदण्ड अनुसार नै मैदान तयार गर्दैछौं’ उनले भने, ‘गाउँपालिका र संघीय सरकारको आर्थिक सहयोगमा मैदान गतवर्षदेखि बनाउन सुरु गरिएको हो ।’ उनका अनुसार संघीय सरकारको ४० लाख र गाउँपालिकाको १० लाख रुपैयाँबाट काम सुरु गरिएको छ । संघीय सरकारले सार्वजनिक गरेको नीति तथा सार्वजनिक कार्यक्रम २०७७÷७८ मा खेलकुद पूर्वाधार निर्माणलाई निरन्तरता दिने उल्लेख गरेको छ ।  

‘फागुनसम्म पीच तयार गरिने छ’ गाउँपालिका अध्यक्ष सुवेदीले भने, ‘त्यसपछि मैदानको चारैतिर प्यारापिट निर्माण गर्ने छौं ।’ उनको अनुसार पीचदेखि ७० मिटरको बाउण्ड्री बन्ने छ । फेदी खोला किनारमा तारजालीसहितको ग्याभिन लगाउन सुरु गरिएको छ । उनले भने, ‘फेदी खोलको गौरव आयोजनाको राख्दै विस्तृत परियोजना प्रतिबेदन(डिपिआर) बनाई काम सुरु गरिएको छ ।’ उनका अनुसार खोला किनारमा ग्याभिन र नपुग क्षेत्रफलको लाडि डाडाँ कटानको काम गरिएको छ । मैदानपछि दश हजार दर्शक क्षमताको प्यारापिट बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।  

क्रिकेट मैदानको लागि व्यक्तिगत जग्गा समेत छ । तर व्यक्तिगत जग्गालाई गाउँपालिकाले दानमा प्राप्त गरेको हो । एक रोपनी क्षेत्रफल व्यक्तिले मैदानको लागि निःशुल्क उपलब्ध गराएको अध्यक्ष सुवेदीले सुनाए । ‘डाडाँ १५ मिटरसम्म कटान गरेर लेभलिङ गर्नेछौं’ उनले स्पष्ट पारे । आगामी आर्थिक वर्षदेखि दोस्रो चरणको काम अघि बढाईने उनले बताए । ग्याभिन लगाउने काम भने इथिक्स इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।  

‘यो मैदान स्याङजाकै गरिमाको विषय हो । मैदान निर्माणपछि स्याङजामा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिन्छ ।’ स्याङजा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले भने, ‘मैदान अर्को वर्ष तयार भईसक्ने छ ।’ क्रिकेट संघले विभिन्न कार्यक्रम समेत बनाउँदै खेलाडीको अनलाईन फर्म समेत दर्ता गरिरहेको छ । एक दिवसीय क्रिकेट, टी–२०, क्लबस्तरीय लिग, विद्यालयस्तरीय क्रिकेट लगायतका गतिविधि सञ्चालन गर्ने गरी कार्यक्रम तय गरिएको अध्यक्ष थापाले बताए । 

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App