नेपालका २२ खेलाडीले भारतमा हुने एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
आगामी नोभेम्बर ५ देखि ९ तारिखसम्म चेन्नई शहरमा एसियाली मास्टर्स एथलेटिक्स शहरमा हुँदै छ। उक्त च्याम्पियनसिपमा २२ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। खेलाडीसहित ३६ सदस्यीय नेपाली भेट्रान टोली आइतबार चेन्नइ प्रस्थान गरेको छ। उनीहरूले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, सर्मिला श्रेष्ठ प्रधान, विष्णु मल्ल, सिता गुरुङ, इन्द्रकुमारी मल्ल, सुनिलकुमार लालवनी, श्रवनकुमार श्रेष्ठ र रामचन्द्र श्रेष्ठ छन्।
अन्य खेलाडीमा आशनारायण चौधरी, अरुणकुमार वैद्य, एन्थोनी अमात्य, गोविन्दबहादुर थापा, सन्तोषबहादुर खड्का, सुरेश जोशी र गौरी श्रेष्ठ छन्। नेपाली टोलीको प्रमुखमा जिएन दाइ शर्मा छन्। टोली व्यवस्थापकमा भैरव शाही र यशोदा शर्मा, सहायक व्यवस्थापकमा अभव भरतमणि आचार्य दीक्षित र विजयलक्ष्मी शाही तथा फिजियोमा विश्वरत्न मानन्धर र सुधा थापा छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच उक्त टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।
प्रकाशित: १७ कार्तिक २०८२ ०६:४१ सोमबार





