३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

युनाइटेड लय निरन्तरतामा केन्द्रित

लन्डन - म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले आफ्नो टोलीको लयलाई युरोपा लिगमा एजेठ अल्कमार विरुद्धको खेलमा पनि निरन्तरता दिन ध्यान केन्द्रित भएको बताएका छन्। युरोपा लिगमा समूह ‘एल’बाट नकआउट चरणमा पुगिसकेको शीर्ष टोली युनाइटेडले बिहीबार ओल्ड ट्राफोर्डमा चुनौती प्रस्तुत गर्दै छ। उक्त खेलमा पनि लयलाई निरन्तरता दिने योजना रहेको सोल्सजायरको दाबी छ।

इङ्लिस प्रिमियर लिगका पछिल्ला पाँच खेलमा अपराजित टोली युनाइटेड उत्कृष्ट लय निरन्तरता दिँदा लिगतालिकाको पाँचौं स्थानमा छ। यसक्रममा युनाइटेडले बलिया टोली टोटेनहम हट्सपर र म्यानचेस्टर सिटीविरुद्ध जित निकाल्दै लयलाई निरन्तरता दिएको छ।

युनाइटेडका प्रशिक्षक सोल्सजायरले फुटबलमा उपाधि प्राप्त गर्न लय निरन्तरता निकै आवश्यक हुने बताएका छन्। ‘फुटबलमा एकरूपको प्रदर्शन हुनु आवश्यक हुन्छ। यदि तपाईं उपाधि जित्न चाहानुहुन्छ भने युवा टोलीलाई हरेक खेलमा उतिकै आत्मबल दिनु आवश्यक हुन्छ,’ सोल्सजायरले भने, ‘हरेक समय मैदानमा खेलाडी उच्च आत्मबलमा हुँदैनन्। यसपटक हामीले पनि सोही किसिमको अवस्था व्यहो¥यौं। हरेक खेलमा हाम्रा खेलाडीको प्रदर्शन फरक भए।’

प्रशिक्षक सोल्सजायरले आगामी वर्ष आफ्ना युवा खेलाडीको प्रदर्शन उत्कृष्ट हुने विश्वास व्यक्त गरेका छन्। सोल्सजायरको टोली युनाइटेड युरोपा लिगमा डच टोली अल्कमारभन्दा १ अंकले मात्र अगाडि छ। समूहको अन्तिम खेलमा डच टोलीसँग बराबरी मात्र गरे पनि युनाइटेड शीर्षमै रहनेछ। प्रशिक्षक सोल्सजायरले टोलीको तयारीको प्रतिफल नै नतिजा हुने बताउँदै नतिजा राम्रो आएमा मात्र परिवर्तनको संकेत हुने उल्लेख गरे।

‘नतिजाले नै सबै कुरा बताउँछ। आफ्नो तयारीप्रति हामी एकदम विश्वस्त छौं,’ नर्वेली प्रशिक्षक सोल्सजायरले भने, ‘हरेक दिन खेलाडीको प्रदर्शनलाई विश्लेषण गरेको छु। उनीहरूको क्षमता र शैलीमा धेरै सकारात्मक परिवतन आएका छन्। त्यसैले अब लय निरन्तरता अपेक्षा गरेको छु।’

युनाइटेडका प्रशिक्षकलाई आफ्ना खेलाडीमाथि गरिने रंगभेदी दुव्र्यवहारले उनीहरू निरुत्साहित हुनेमा पनि चिन्ता छ।
गत शनिबार सिटीमाथि २–१ को जित निकाल्दा युनाइटेडका मिडफिल्डर फ्रेड र जेसे लिङ्गार्डमाथि दुव्र्यवहार भएको थियो। सोही दुव्र्यवहारको आरोपमा ४१ वर्षे एक व्यक्ति पनि पक्राउ परिसकेका छन्। ‘हामीले कहिले पनि फुटबमा घिनलाग्दा व्यवहार हुने सोच्न पनि सक्दैनौं। मैदान र हरेक ठाउँमा सबैलाई उतिकै सम्मान मिल्नुपर्छ। तर, पछिल्लो समय जेसे र फ्रेडका लागि कठिन परिस्थिति सिर्जना भएका छन्।’

प्रकाशित: २६ मंसिर २०७६ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App