२१ पुस २०८१ आइतबार
image/svg+xml
खेल

गौरिकाको कीर्तिमानः एकै सागमा तीन स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) पौडी अन्तर्गत ४ सय मिटर फ्रि स्टाइलमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। विजयी गौरिकाले ४ मिनेट २५ दशमलव २८ सेकेन्ड लगाइन्।

पौडीतर्फका अन्य प्रतिस्पर्धामा उनले यस अघि दुई स्वर्ण र एक रजत जितिसकेकी छिन्। उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

प्रकाशित: २२ मंसिर २०७६ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App