२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

तेस्रो स्थानका लागि नेपाल भुटानसँग भिड्दै

काठमाडौं – भुटानमा जारी साफ यु–१५ महिला च्याम्पियनसिपको तेस्रो स्थानका लागि शनिबार नेपालले आयोजक भुटानको सामना गर्दैछ।

खेल थिम्पुस्थित चामलिङथाङ रंगशालामा दिउँसो ३ः४५ बजेपछि शुरु हुनेछ। सेमिफाइनलमा भारतसँग २–१ ले पराजित हुँदै नेपाल र बंगलादेशसँग ५–० ले पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिएका हुन्। 

आयोजक टोलीसँग खेल्न मैदान उत्रदा नेपालको लक्ष्य तेस्रो स्थान हुनेछ। यता भुटानपनि नेपाललाई स्तब्ध पार्दै प्रतियोगिताको तेस्रो स्थान सुरक्षित गर्न चाहन्छ। गत बर्ष बंगलादेशमा सम्पन्न पहिलो संस्करणमा भुटानले नेपालले पछि पार्दै तेस्रो स्थान हासिल गरेको थियो।

आजै बेलुका ६ः४५ पछि उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो वर्षको फाइनलमा पनि यी दुवै राष्ट्र फाइनलमा भिडेका थिए। जसमा भारतलाई १–० ले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको थियो।  

 

प्रकाशित: २ भाद्र २०७५ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App