१८ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

जिम्बाब्वेमाथि साउथ अफ्रिकाको फराकिलो जित

<br>

साउथ अफ्रिकाले जिम्बाब्वेविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा एक इनिङ्स र २३६ रनको फराकिलो जित निकालेको छ। योसँगै साउथ अफ्रिकाले दुई खेलको शृङ्खला क्लिनस्विप गर्‍यो। 

बुलावाओमा फलोअनमा परेको घरेलु टोली जिम्बाब्वे तेस्रो दिनको खेल जारी रहँदा दोस्रो इनिङ्समा २२० रनमा समेटियो। पहिलो इनिङ्समा १७० रनमा अलआउट भएपछि ४५६ रनले पछि परेको जिम्बाब्वेको दोस्रो इनिङ्स पनि चल्न सकेन।

निक वेल्चले ५५ र क्याप्टेन क्रेग इर्भिनले ४९ रन बनाए पनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा घरेलु टोली फराकिलो हार भोग्न बाध्य भयो। जिम्बाब्वेलाई सस्तैमा समेट्न कोर्बिन बोसले ४ तथा सेनुरन मुथुसामीले ३ विकेट लिए।

पहिलो इनिङ्समा पनि जिम्बाब्वे ४३ ओभरमा १७० रनमा अलआउट भएको थियो। यसअघि क्याप्टेन वीआन मुल्डरले नटआउट ३६७ रन बनाएपछि पाहुना टोली साउथ अफ्रिकाले पहिलो इनिङ्स ५ विकेटको क्षतिमा ६२६ रनमा डिक्लियर गरेको थियो।

जिम्बाब्वे भ्रमणमा रहेको साउथ अफ्रिकाले अब ५ खेलको टी २० शृङ्खला खेल्नेछ। पहिलो खेल सोमबार हरारेमा हुनेछ।

प्रकाशित: २४ असार २०८२ २०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App