२६ असार २०८२ बिहीबार
image/svg+xml
खेल

साम्बाको ह्याट्रिक, नेपाल ३-३ उज्बेकिस्तान

एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपालले पुनरागमन गरेको छ।

कप्तान सावित्रा भण्डारीले दुई मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपछि नेपालले १० खेलाडीमा सीमित उज्वेकिस्तानविरुद्धको खेल ३-३ को बराबरीमा ल्याएको हो।

पहिलो हाफमा ३-१ ले पछि परेको नेपालका लागि साम्बाले ७१औं र ७३औं मिनेटमा गोल गर्दै खेलमा सनसनीपूर्ण पुनरागमन गराएकी हुन्। यसअघि उनले २४औं मिनेटमा पहिलो गोल गरेकी थिइन्।

पहिलो हाफको अन्त्यतिर उज्वेकिस्तान १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै नेपालले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको थियो।

प्रकाशित: २१ असार २०८२ २२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App