२६ असार २०८२ बिहीबार
image/svg+xml
खेल

नेपाललाई सुरुवातमै झट्का, १० मिनेटमै खायो दुई गोल

एएफसी महिला एसियन कप छनोटको निर्णायक तथा अन्तिम खेलमा नेपालले आयोजक उज्वेकिस्तानविरुद्ध सुरुवातमै निराशाजनक प्रदर्शन गरेको छ।

खेल सुरु भएको १० मिनेटभित्रै नेपालले दुई गोल खाएको हो।

खेलको दोस्रो मिनेटमै गोल खाँदै पछि परेको नेपालले सम्हालिन नपाउँदै १० औं मिनेटमा दोस्रो गोल बेहोर्न पुग्यो। 

रक्षापंक्तिमा देखिएको तालमेलको अभावको फाइदा उठाउँदै उज्वेकिस्तानले खेलमा पूर्ण रूपमा नियन्त्रण जमाएको छ।

खेलको विजेता टोली सोझै एसियन कपमा छनोट हुने भएकाले नेपाललाई अब खेलमा फर्किन ठूलो चुनौती थपिएको छ।

प्रकाशित: २१ असार २०८२ २१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App