लन्डनको ओभल मैदानमा खेलिएको पाँच खेलको टी-२० शृङ्खलाको तेस्रो खेलमा भारतीय महिला क्रिकेट टोली इङ्ल्यान्डसँग ५ रनले पराजित भएको छ।
पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। सो लक्ष्य पछ्याउँदै भारतका लागि स्मृति मन्दाना र शफाली वर्माले ८१ रनको साझेदारी गरे।
मन्दानाले ५६ रन बनाइन् भने शफाली वर्माले ४७ रन बनाइन्।
तर २० ओभरमा भारतीय टोलीले ५ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो र खेल ५ रनले हार्यो।
यद्यपि भारतीय टोलीले शृङ्खलाको सुरुवाती दुई खेल जित्न सफल भएको छ। पाँच खेलको शृङ्खलामा भारत २-१ ले अगाडि छ।
शृङ्खलाको अर्को खेल जुलाई ९ मा म्यानचेस्टरको ओल्ड ट्राफोर्ड रंगशालामा खेलिनेछ।
प्रकाशित: २१ असार २०८२ ०९:०३ शनिबार





