१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

एएफसी महिला एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै

एएफसी महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले अहिले केहीबेरमा लाओससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।  

अन्तर्राष्ट्रिय फुटबल इतिहासमा नेपालले आफ्नो ४० वर्षे यात्रामा एकसयौं खेल खेल्न लागेको हो । फिफा वरीयतामा नेपाल एक सयौं र लाओस एक सय सातौं स्थानमा छन्।  

सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली टोलीले उज्वेकिस्तानमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालल लाओसबाहेक आयोजक उज्वेकिस्तान र श्रीलंकासँग छनोट खेल खेल्नेछ । समूह विजेता टोली अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनोट हुनेछ ।  

यो खेलबाटै प्रशिक्षक डि वाइल्डले राष्ट्रिय टोलीको प्रशिक्षकको हैसियतमा डेब्यु गर्दैछन्।

प्रकाशित: १५ असार २०८२ १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App