२५ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

धावक सुवेदी 'नेपाल यूएई'को झण्डा लिएर अन्तर्राष्ट्रिय म्याराथनमा

धावक रमन सुवेदीले ‘नेपाल यूएई’को झण्डासहित थाइल्याण्डको सामुई हाफ म्याराथन पूरा गरेका छन्।  

नेपालको झण्डासहित अन्तर्राष्ट्रिय प्रतिष्ठित म्याराथनमा प्रतिस्पर्धा गर्दै आएका सुवेदीले आइतबार थाइल्याण्डमा भने नेपाल यूईएको झण्डा लिएर बैंककमा भएको सामुई हाफ म्याराथन पूरा गरेका हुन्। उनले २ घण्टा २१ मिनेट समयमा थाइल्याण्डको प्रतिष्ठित रोड रेस पूरा गरे।

विगत १० वर्षदेखि सुवेदीले यूएईलाई कर्मथलो बनाउँदै आइरहेका छन्। उनी नेपाली झण्डासहित अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुँदै आएका थिए।  

‘नेपाल जन्मभूमि हो, यूएई कर्मथलो। अन्तर्राष्ट्रिय म्याराथनमा नेपालको झण्डासहित प्रतिस्पर्धा गर्दै आएको थिएँ। थाइल्याण्डबाट यूएईको झण्डालाई समेत जोडेको छु। यसले दुई देश बीचको पारस्परिक सम्बन्धलाई समेत झल्काउँछ,’ उनले भने।  

नेपाली झण्डासहित अन्तर्राष्ट्रिय प्रतिष्ठित म्याराथन दौडने आफ्नो उद्देश्य रहेको सुबेदीले बताए।  

उनले जर्मनको बर्लिन म्याराथन, पोर्चुगलको लिस्वोन म्याराथन, यूएईको दुबई म्यारान, भारतको मैसुर म्याराथन, उज्वेकिस्तान समरकान लगायत अन्तर्राष्ट्रिय म्याराथन पूरा गरिसकेका छन्।

प्रकाशित: ९ असार २०८२ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App