२५ असार २०८२ बुधबार
image/svg+xml
खेल

एलएनए सेमिफाइनलमा

आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ‘ए’ ले घरेलु कोर्टमा भएको प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा स्थान बनाएको छ।

मनमैजुस्थित घरेलु कोर्टमा एलएनए ‘ए’ ले क्यान्भास वसन्त ऋतुलाई १२–१० ले हराउँदै सफलता पाएको हो। यसै स्पर्धामा लाखेले एलएनए ‘बी’ लाई १७–१२, मनास्लुले टिबिसी ‘बी’ लाई २१–१५ र यक्कुले बलस हुडलाई १८–१६ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

सेमिफाइनलमा एलएनए ‘ए’ को भेट लाखेसँग हुनेछ। मनास्लुले यक्कुको सामना गर्नेछ। गर्ल्समा एनसिसिएस ‘ए’ ले बलर्सलाई १२–१०, ल्यान्डमार्कले एनसिसिएस ‘बी’ लाई ११–९, एस्ट्रो ब्लेजर्सले यक्कुलाई १०–८ र वारियरले न्यु एरालाई १८–१२ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

सेमिफाइनल एनसिसिएस ‘ए’ र ल्यान्डमार्क तथा एस्ट्रो ब्लेजर्स र वारियरबीच हुनेछ। प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा–१० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनकका अध्यक्ष गोपाल बुढाथोकी र विद्यालय सञ्चालक समितिका अध्यक्ष जोगेन्द्र केसीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए।

दुईदिने प्रतियोगितामा ब्वाइजमा १२ र गर्ल्समा ८ टोली सहभागी छन्। दुवै समूहको विजेताले आठ हजार तथा उपविजेताले पाँच हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न इच्छुकलाई छात्रवृत्ति पनि प्रदान गरिनेछ।

प्रकाशित: ८ असार २०८२ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App