३० असार २०८२ सोमबार
image/svg+xml
खेल

‘बडिबिल्डिङ च्याम्पियन’का विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन्।

काठमाडौं महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट पाँच लाख रुपैयाँ र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो। नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदान दाताहरूलाई सम्मान गरिएको थियो।  

प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पत्ति रहेकाले शारीरिक सुगठनले स्वस्थ जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुपर्नेमा जोड दिए। उनले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्कार प्रदान गर्दै आएको स्मरण गराए।

'दुनियाँमा आज युद्ध भइरहेको छ। एकले अर्काे देशमा हमला गरेर, मान्छे मारेर होइन, यस्ता प्रतियोगिता गरेर जितेर मानवीय स्वास्थ्यका लागि काम गर्न सकिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'युद्धको बीभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ।'

प्रकाशित: ७ असार २०८२ २०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App