२९ असार २०८२ आइतबार
image/svg+xml
खेल

बागमती बिच महिला रग्बी हुँदै

बागमती बिच महिला रग्बी प्रतियोगिताको पहिलो संस्करण असारको दोस्रो साता हुने भएको छ।

नेपालमा पहिलोपल्ट बिच रग्बी प्रतियोगिता हुन लागेको हो। नेपाल रग्बी संघको आयोजना र बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा सिन्धुपाल्चोकको सुकुटे बिचमा उक्त प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असार ८ र ९ गते हुनेछ। ट्याग रग्बी फरम्याटको आधारमा प्रतिस्पर्धा हुने यस प्रतियोगिताको टेक्निकल हेड श्रीराम श्रेष्ठले जानकारी दिए।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा यो प्रतियोगिता हुन लागेको नेपाल रग्बी संघका कोषाध्यक्ष तथा प्रवक्ता दीपक अधिकारीले जानकारी दिए। बिच रग्बी विश्वकप हुने गरी नेपालमा भने पहिलोपल्ट यस किसिमको प्रतियोगिता हुन लागेको हो।

संघका कोषाध्यक्ष अधिकारीले यस प्रतियोगितालाई मनोरञ्जन र उत्साहपूर्ण प्रतिस्पर्धाको रूपमा अगाडि बढाइएको उल्लेख गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा हुने प्रतियोगितामा कुल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कर्णाली, बागमती र मधेस प्रदेशले सहभागिता जनाउनेछन्।

राष्ट्रिय स्तरका क्लब गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी क्लब गरी ६ महिला टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन्। हरेक टोलीमा कुल ६ खेलाडी रहने बागमती प्रदेश रग्बी संघकी अध्यक्ष बिनु खड्काले जानकारी दिइन्। एउटा टोलीबाट ५ जना खेलाडी मात्र प्रतिस्पर्धामा सहभागी गराउन पाउनेछन्।

यस प्रतियोगिताको विजेताले ट्रफी र मेडल पुरस्कार पाउनेछ। बेस्ट प्लेअर र राइजिङ प्लेअरलाई पनि पुरस्कृत गर्ने बागमती प्रदेश रग्बी संघकी अध्यक्ष बिनुले बताइन्। यो प्रतियोगिता सञ्चालन गर्न १३ लाख रूपैयाँ खर्च लाग्नेछ। एसिया रग्बीको बिल्डिङ अ ग्रिनरी फ्युचर थ्रु रग्बी एन्ड सस्टेएबेलिटीअनुसार ए ट्राइ ए ट्रीअनुरूप हरेक ट्राइबापत एक बिरूवा रोप्ने संघकी महिला विभाग प्रमुख एलिसा थापाले जानकारी दिइन्।

प्रकाशित: ७ असार २०८२ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App