स्कटल्याण्डको ग्लासगोमा जारी त्रिकोणात्मक टि–२० आई शृंखलाको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयानुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।
नेपाल २ खेल जितेर शीर्ष स्थानमा छ, भने स्कटल्याण्डले १ खेल जितेको छ।
नेपाल र स्कटल्याण्डबिच टी-२० मा १-१ को नतिजा छ। पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो। नेपाल जितका साथ शृंखला अन्त्य गर्न चाहन्छ।
प्रकाशित: ६ असार २०८२ ०८:३४ शुक्रबार