त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपाली बलरहरूले सानदार प्रदर्शन गर्दै घरेलु टोली स्कटल्यान्डलाई सुरुवाती ओभरहरूमा नै चर्को दबाबमा राखेका छन्।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले खेलको सुरुवातदेखि नै आक्रामक बलिङ प्रस्तुत गरेको थियो। नेपालका लागि तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै दुई विकेट लिएका छन् भने दीपेन्द्रसिंह ऐरीले र ललिल राजवंशीले एक-एक विकेट आफ्नो नाममा लेखाएका छन्।
हालसम्म नेपालले स्कटल्यान्डको ५ विकेट लिइसकेको छ। घरेलु टोली रन बनाउन संघर्षरत छ। उसले ५ ओभरमा ५ विकेटको क्षतिमा २८ रन बनाएर खेलिरहेको छ।
प्रकाशित: ३ असार २०८२ २०:१२ मंगलबार