स्कटल्यान्डमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाली इनिङ फेरि धर्मराएको छ। नेदरल्यान्ड्ससँग टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले ३३ औँ ओभरको खेल चलिरहँदा ५ विकेट गुमाइसकेको छ। पछिल्लो पटक १६ रन जोडेका दीपेन्द्रसिंह ऐरीले आफ्नो विकेट गुमाएका छन्।
पाँचौँ विकेट गुम्दा नेपालले १४२ रन मात्रै जोडेको छ। यसअघि ओपनरद्वय कुशल भुर्तेल, अनिल साह, कप्तान रोहित पौडेल र भीम सार्कीको विकेट नेपालले गुमाइसकेको छ।
नेपालले गुमाएका पाँच विकेटमध्ये नेदरल्यान्ड्सका माइकल लेभितले तीन विकेट लिएका छन्।
प्रकाशित: २७ जेष्ठ २०८२ १८:१९ मंगलबार