७ असार २०८२ शनिबार
image/svg+xml
खेल

आईसीसीको हल अफ फेमपछि धोनी : महान खेलाडीहरूसँग मेरो नाम देख्नु ठूलो सम्मान

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) ले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई हल अफ फेममा समावेश गरेको छ।

लन्डनमा सोमबार आयोजित समारोहमा हल अफ फेममा स्थान पाएपछि धोनीले भने, ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानलाई मान्यता दिने आईसीसी  हल अफ फेममा समावेश हुनु मेरो लागि ठूलो सम्मानको कुरा हो।’

‘यति महान खेलाडीहरूसँग मेरो नाम देख्न पाउनु साँच्चै अद्भुत अनुभव हो। यो त्यस्तो क्षण हो जुन म सधैं कदर गर्नेछु।’ धोनीले सन् २००४ मा भारतका लागि पहिलो खेल खेलेका थिए। उनले आफ्नो करियरमा ३५० एकदिवसीय, ९८ टी-२० र ९० टेस्ट खेल खेलेका छन्।

उनको कप्तानीमा भारतले सन् २००७ मा आईसीसी  टी-२० विश्वकप, २०११ मा आईसीसी  विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो। आईसीसीले सोमबार सात क्रिकेटरलाई हल अफ फेममा समावेश गर्ने घोषणा गरेको छ, जसमा पाँच पुरुष र दुई महिला खेलाडी छन्। म्याथ्यू हेडन (अष्ट्रेलिया), ग्राहम स्मिथ (दक्षिण अफ्रिका), हाशिम अमला (दक्षिण अफ्रिका), ड्यानियल भेट्टोरी (न्यूजिल्यान्ड), महेन्द्र सिंह धोनी (भारत), सना मिर (पाकिस्तान) र सारा टेलर (इंग्ल्यान्ड) रहेका छन्। 

प्रकाशित: २७ जेष्ठ २०८२ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App