१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

ऐतिहासिक कांस्य पदक विजेता एरिका स्वदेश फर्किइन्

कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् ।  

एरिकालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।  

मोरक्कोको राबातमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य जितेकी थिइन् ।

प्रकाशित: २० जेष्ठ २०८२ १८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App