विश्व च्याम्पियन भारतीय चेस खेलाडी डी गुकेशले नर्वे चेस २०२५ को छैटौं चरणमा नर्वेका म्याग्नस कार्लसनलाई हराएका छन्।
यो क्लासिकल चेसमा कार्लसनविरुद्ध गुकेशको यो पहिलो जित हो। १९ वर्षीय गुकेश ८.५ अंकसहित तेस्रो स्थानमा छन्। कार्लसन र फाबियानो कारुआना ९.५ अंकसहित पहिलो स्थानमा छन्। हारपछि कार्लसनले रिसाएर चेस बोर्डमा मुक्का हानेका थिए। उनले सञ्चारमाध्यमसँग कुराकानी नगरी हिँडेका थिए।
पहिलो चरणमा कार्लसनले गुकेशलाई हराएका थिए। कार्लसनले गुकेशको खेलमाथि प्रश्न उठाउँदै भनेका थिए, ‘म विश्व च्याम्पियनसिपमा खेल्दिनँ। मलाई हराउन त्यहाँ कोही छैन।’ यो खेल नर्वेको स्ट्याभान्जरमा भएको थियो। गुकेशले जवाफमा भने, ‘मौका मिलेमा म उनलाई चेसबोर्डमा चुनौती दिनेछु।’
गुकेशले डिसेम्बरमा सिंगापुरमा भएको विश्व च्याम्पियनसिप फाइनलमा डिंग लिरेनलाई ७.५-६.५ ले हराएर उपाधि जितेका थिए। १८ वर्षमा विश्व च्याम्पियन बन्ने उनी पहिलो खेलाडी हुन्। एजेन्सी
प्रकाशित: १९ जेष्ठ २०८२ १३:०२ सोमबार





