१९ माघ २०८२ सोमबार
image/svg+xml
खेल

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल थाइल्यान्डको घरेलु मैदान थामासात स्टेडियममा अपराह्न ४ः४५ बजे सुरु हुनेछ।

क्लोज डोरमा भएको पहिलो मैत्रीपूर्ण खेल भने नेपालले १-० गोल अन्तरले गुमाएको थियो।  

एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट चरणको तयारी स्वरूप नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनोट मे ४ देखि सुरु हुनेछ। नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन्।

३४ टिमलाई ८ समूहमा विभाजन गरेर छनोट खेलाउन लागिएको हो। जसमध्ये नेपाल रहेको सहित ६ वटा समूहमा चार-चार र बाँकी दुई समूहमा पाँच-पाँच राष्ट्र छन्। छनोट चरणका खेलहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाइल्यान्ड, उज्बेकिस्तान र भियतनाममा हुनेछन्।

समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म हुने फाइनल चरणमा चीन, कोरिया रिपब्लिक र जापानसँग प्रतिस्पर्धा गर्नेछन्। चीन डिफेन्डिङ च्याम्पियन हो।

प्रकाशित: १९ जेष्ठ २०८२ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App