१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एकदिवसीय क्रिकेटबाट म्याक्सवेलको सन्यास, टिममा नपरे पनि ८ वर्षदेखि टेस्टबारे मौन

अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा सोमबार म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिएको बताएका हुन्।

सन् २०१२ अगष्टमा अफगानिस्तानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय वान डेमा पाइला राखेका ३७ वर्षे म्याक्सवेलले अन्तिम खेल भारतविरुद्ध गत मार्च ४ मा खेलेका थिए। १४९ एकदिवसीय खेलेका उनले ३ हजार ९९० रन बनाएका छन्। जसमा चार शतक र २३ अर्धशतक छ। उनको उच्चस्कोर एक इनिङ्समा २०१ नटआउट हे। उनको नाममा ७७ विकेट पनि छ।  

मात्र ७ वटा टेस्ट खेलेका म्याक्सवेल सन् २०१७ पछि टेस्ट टिममा भने परेका छैनन्। २०१३ को मार्चमा भारतविरुद्धको  खेलबाट अन्तर्राष्ट्रिय टेस्टमा डेब्यू गरेका उनले ८ वर्षसम्म पनि सन्यास भने घोषणा गरेका छैनन्।  

सन् २०१२ देखि टी-२० आई खेल्दै आएका उनी २०२४ को नोभेम्बरदेखि टोलीमा छैनन्। उनले टी-२० आईमा पनि ११६ खेल खेलिसकेका छन्।  

अस्ट्रेलियाले सन् २०१५ र सन् २०२३ मा एकदिवसीय विश्वकप जित्दा म्याक्सवेल टोलीमा थिए।

प्रकाशित: १९ जेष्ठ २०८२ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App