१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

आईपीएल : राजस्थानको सुखद अन्त्य, चेन्नई ६ विकेटले पराजित

राजस्थान रोयल्सले आईपीएल २०२५ को आफ्नो अन्तिम लिग खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै सुखद अन्त्य गरेको छ। मंगलबार अरुण जेटली क्रिकेट रंगशालामा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो। खेलमा चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो। चेन्नईका लागि डेवाल्ड ब्रेभिसले ४२, आयुष म्हात्रेले ४३ र शिवम दुबेले ३९ रन बनाए। 

कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा १६ रन जोड्दै टी-२० मा ३५० छक्का पूरा गरे। राजस्थानका युधवीर सिंह र आकाश माधवालले ३-३ विकेट लिए।

राजस्थानको जितमा ध्रुव जुरेलले १२ बलमा ३१ रन बनाएर अविजित रहे। उनले मथिशा पाथिरानाको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका हुन्। 

वैभव सूर्यवंशीले ५७ र सन्जु सामसनले ४१ रन बनाउँदै ९८ रनको महत्त्वपूर्ण साझेदारी गरे। ओपनर यशस्वी जयस्वालले १९ बलमा ३६ रन जोडे भने रविचन्द्रन आश्विनले २ विकेट लिए। 

प्रकाशित: ७ जेष्ठ २०८२ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App