ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोएल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । देल्लीमा राजस्थानले टस जितेर पहिला बलिङ रोजेपछि चेन्नईले केहीबेरमा ब्याटिङ गर्ने भएको छ ।
जारी लिगमा राजस्थानको यो अन्तिम खेल हो । लिग चरणमै रोकिएको राहुल द्रविडको राजस्थानले १३ खेलबाट मात्र ६ अंक बनाएको छ । भारतीय राष्ट्रिय क्रिकेट टिमका सर्वाधिक सफल क्याप्टेन महेन्द्र सिंह धोनीको कमानीमा रहेको चेन्नईको १२ खेलबाट ६ अंक छ । अंक तालिकामा पुछारमा रहेको चेन्नईले अर्को खेल गुजरात टाइटन्ससँग खेल्नेछ ।
चेन्नई धोनी र राजस्थान सञ्जु सामसङको नेतृत्वमा मैदान उत्रनेछ ।
जारी आईपिएलमा गुजरात, रोएल च्यालेन्जर्स बेंगलुरु र पञ्जाव किङ्सले प्लेअफलमा स्थान बनाइ सकेका छन् । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्समध्ये एक टिम प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ ।
प्रकाशित: ६ जेष्ठ २०८२ १९:३५ मंगलबार





