फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानार्थ साम्बाचोक स्थापना गरिएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा) को सम्मानार्थ साम्बाचोक नामकरण र उक्त चोकमा साम्बा स्तम्भ निर्माण गरिएको हो ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका-९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले जेठ ५ गते उद्घाटन गरेका हुन्।
नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा) पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन्।
उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी९साम्बा०का बुवा आमालाई समेत सम्मान गरिएको थियो ।
प्रकाशित: ५ जेष्ठ २०८२ १२:५० सोमबार