८ असार २०८२ आइतबार
image/svg+xml
खेल

न्युटन र भ्याली पब्लिक फाइनलमा

न्युटन र भ्याली पब्लिकले आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा स्थान बनाएका छन्।

वसुन्धरास्थित वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा जारी प्रतियोगितामा न्युटनले लालीगुराँस नेसनल एकेडमीलाई ३९–२० ले पराजित गर्‍यो। न्युटनको जितमा आशिष राईले ११ अंक योगदान गरे। जुनियर ब्वाइजमा न्युटन पहिलो पटक फाइनल पुगेको न्युटनका प्रशिक्षक नारायण खवासले जनाएका छन्।

 अशोक विकको २३ अंक सहयोगमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३१–२७ ले हरायो। सिनियर गल्र्समा भ्याली पब्लिक र ग्रिनल्यान्ड उपाधिका लागि भिड्ने भएका छन्। भ्याली पब्लिकले फेरिल्यान्डलाई ३४–२८ ले पाखा लगायो। भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन्। ग्रिनल्यान्डले केभिकेएसएसलाई ३८–२७ ले पन्छायो। ग्रिनल्यान्डकी आहाना खड्काले १५ स्कोर गरिन्।

प्रकाशित: ४ जेष्ठ २०८२ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App