राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट शुक्रबार दोस्रो चरणमा ३१ खेलाडी छनोट गरिएको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डविरुद्ध दुई मैत्रीपूर्ण खेल र एसियन कप छनोटको तयारीका लागि नेपाली महिला टोलीको दोस्रो चरणको छनोट गरेका हुन्। यसअघि पहिलो चरणमा ४८ खेलाडी थिए। नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डको सामना गर्दै छ।
एएफसी महिला एसियन कप छनोटको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल लागेको हो। छनोटको पहिलो चरण मे ४ बाट सुरू हुँदै छ। समूह ‘एफ’ मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन्। बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, लीला जोशी तथा डिफेन्डरमा गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी र सविना चौधरी छन्।
मिडफिल्डरमा रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सरस्वती हमाल, हिमा राउत, तुलसा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर र सुष्मा तामाङ तथा फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, मीना देउवा, ममता पुन र पूर्णिमा राई छन्।
प्रकाशित: ३ जेष्ठ २०८२ १०:१७ शनिबार





