१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

न्युटन र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा

न्युटन र ग्रिनल्यान्डले आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार क्वार्टरफाइनलमा स्थान बनाएको छ।

न्युटनले गोल्डेनपिकलाई २८–२७ को झिनो अन्तरले पराजित गर्‍यो। न्युटनका सबिन राईले ८ अंक जोडे। ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २६–२२ ले हरायो। ग्रिनल्यान्डका राहुल तामाङले १० स्कोर गरे। सोही स्पर्धामा पारामाउन्टले क्यान्भास वसन्त ऋतुलाई २५–१८ तथा भ्याली पब्लिकले आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ४७–३५ ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

पारामाउन्टका सुशन थापाले पाँच तथा भ्याली पब्लिकका अशोक विकले २३ अंक बटुले। क्वार्टरफाइनलमा लालीगुराँस नेसनल एकेडेमी र क्यान्भास, पारामाउन्ट र ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक तथा न्युटन र स्किब्सबीच प्रतिस्पर्धा हुनेछ।

सिनियर गल्र्समा केभिकेएसएसले बिएनएलाई २४–१८, फेरिल्यान्डले टिआइएलाई २८–२२, ग्रिनल्यान्डले न्युटनलाई २४–१९ र भ्याली पब्लिकले लालीगुराँसलाई ३७–३० ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे। केभिकेएसएसकी रोजी श्रेष्ठले ९, फेरिल्यान्डकी करुणा बोगटीले १३, ग्रिनल्यान्डकी बिहानी राईले ९ र भ्याली पब्लिककी दृष्य गुरुङले १४ अंक जोडे। क्वार्टरफाइनलमा ग्रिनल्यान्डले टिआइए, भ्याली पब्लिकले जेबी स्कुल, केभिकेएसएसले लालीगुराँस तथा फेरिल्यान्डले न्युटनविरुद्ध खेल्नेछन्।

प्रकाशित: २ जेष्ठ २०८२ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App