१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

पब्जीमा इन्डोनेसिया शीर्ष स्थानमा

पब्जी मोबाइल एसियन सो डाउन दोस्रो दिन शनिबार इन्डोनेसिया शीर्ष स्थानमा रहन सफल भएको छ।

ई–स्पोट्र्स संघ नेपाल (ईशान) को आयोजना र व्यवस्थापनमा भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा शनिबार सम्पन्न पाँच खेलपछि इन्डोनेसियाले शीर्षता कायम राख्दा नेपाल ब्लुले पनि पुनरागमन गरेको छ। अब तेस्रो दिन अन्तिम तथा निर्णायक बन्नेछ।

दोस्रो दिनको पहिलो खेलमा भियतनामले चिकन डिनर जित्दै दिनको सानादर सुरुआत गर्‍यो। दोस्रो खेलमा नेपाल ब्लु टोलीले दमदार पुनरागमन गर्दै चिकन डिनर जित्यो। शनिबार भएका पाँचवटै खेलमा फरक टोलीहरूले चिकन डिनर हात पारेसँगै अंकतालिकामा उतारचढाव देखिएको हो। इन्डोनेसिया १२८ अंकसहित शीर्ष स्थानमा यथावत् छ।

पाकिस्तान ११७ अंकसहित दोस्रो स्थानमा छ। नेपाल ब्लु टोली ८३ अंकसहित चौथो, नेपाल रातो टोली ८० अंकसहित पाँचौं र नेपाल ह्वाइट टोली आठौं स्थानमा छ। लेबनान १० अंकसहित अंकतालिकाको अन्तिम स्थानमा संघर्षरत छ।

भ्यालुएबल प्लेयर सूचीमा इन्डोनेसियाका लालाक्युबिक्यु सबैभन्दा अगाडि छन्। उनले हालसम्म २३ एलिमिनेसन गर्दै २७.७६ भ्यालुएबल अंक बटुलेका छन्। शीर्ष पाँचमा पाकिस्तानका तीन खेलाडी छन्। तर अहिलेसम्म कुनै नेपाली खेलाडी शीर्ष पाँचमा प्रवेश गर्न सकेका छैनन्। प्रतियोगितामा कुल १० लाख रूपैयाँको पुरस्कार राशि छ।

शीर्ष ६ टोलीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्। जसमा विजेता टोलीलाई चार लाख रूपैयाँ प्रदान गरिने संघले जनाएको छ। साथै भ्यालुएबल प्लेयर अवार्ड विजेताले पनि नगद पुरस्कार जित्नेछन्। अन्तिम दिन मे ११ मा पनि हुने पाँच खेल निर्णायक हुनेछन्। जसले पनि उत्कृष्ट प्रदर्शन गर्दै बढी अंक बटुल्नेछ। सोही टोली पब्जी मोबाइल एसियन सोडाउन २०२५ को च्याम्पियन बन्नेछ।

प्रकाशित: २८ वैशाख २०८२ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App