२१ माघ २०८२ बुधबार
image/svg+xml
खेल

आर्मी र गण्डकीबीच उपाधि भिडन्त

त्रिभुवन आर्मी क्लबले राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ।

ललितपुरको च्यासल फुटबल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा काशिराज राईको ह्याट्रिकप्रेरित आर्मीले विभागीय डर्बीमा एपिएफमाथि ६–० को रबाफिलो जित निकाल्यो।

अर्को सेमिफाइनलमा गण्डकीले पेनाल्टी सुटआउटमार्फत त नेपाल पुलिस क्लबलाई हराउँदै आर्मीसँग उपाधि भिडन्त तय गरेको छ। यसअघि महिलातर्फ पनि आर्मी नै अपराजित रहँदै उपाधि विजेता बनेको थियो। यससँगै आर्मीको महिला र पुरुष दुवै टोलीलाई उपाधि जित्ने अवसर मिलेको छ। पहिलो सेमिफाइनलमा काशिराज राईको ह्याट्रिकमा आर्मीले एपिएफलाई ६–० लाई हरायो।

राजेन्द्र कार्कीले दुई र प्रदीप राजवंशीले एक गोल गरे। आर्मीका देवसिंह धामी प्लेयर अफ द म्याच भए। आर्मीले खेलको पहिलो हाफमा नै चार गोल गर्दै दबाब बनायो। दोस्रो हाफमा भने आर्मीले दुई गोल थप्दै रबाफिलो जित निकाल्यो। काशिराजले ११औं, २०औं र ४८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसअघि प्रदीप राजवंशीले दशौं मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि काशिराजले एक मिनेटपछि नै अग्रता दोब्बर बनाए।

१९औं मिनेटमा राजेन्द्र कार्कीले आर्मीको लागि तेस्रो गोल गरे। काशिराजले २०औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीको चौथो गोल गरे। त्यसपछि पहिलो हाफमा आर्मी २–० ले अगाडि बढ्यो। दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

राजेन्द्र कार्कीले ४४औं मिनेटमा र काशिराजले ४८औं मिनेटमा गोल गरेपछि आर्मीले ६–० को जित निकाल्यो। दोस्रो सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई सुटआउटमा २–१ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो। निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा नै सकियो। पेनाल्टी सुटआउटमा गण्डकीका संगम घर्ती र असीम बाहिकले गोल गरे।

पुलिसका लागि भने सुरज बोहराले मात्र गोल गर्न सफल भए। गण्डकीको जितमा जोशन राई प्लेयर अफ द म्याच भए। दुवै तर्फबाट समान पाँच सुटआउट भएको थियो। पुलिसका लागि नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुष साह र सुनील रानाले गोल गर्न सकेनन्।

गण्डकीका लागि भने तीन सट विवेक गुरुङ, कुशल नेपाली र सोनी खान गोल गर्न असफल भए। अब बुधबार नै गण्डकी र आर्मीबीच उपाधि भिडन्त हुनेछ। सेमिफाइनलमा पराजित पुलिस र एपिएफले भने तेस्रो स्थानका लागि बुधबार नै प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। महिलामा भने आर्मीले जितेको थियो।  

प्रकाशित: २४ वैशाख २०८२ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App