२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

आईपीएल : देल्ली र कोलकात्ताबीच खेल हुँदै

तस्बिर : सामाजिक सञ्जाल

इण्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार देल्ली क्यापिटल्स र कोलकात्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे देल्लीको घरेलु मैदानमा सुरु हुनेछ ।  

देल्ली अक्षर पटेल र कोलकात्ता अजन्क्या रहाणेको कमानीमा मैदान उत्रनेछन् । पछिल्ला ५ मध्ये दुई खेलमा मात्र जित निकाल्न सफल देल्लीलाई शीर्ष चारमा पर्न आजको खेल महत्त्वपूर्ण हुनेछ । ९ खेलबाट १२ अंक भएको देल्ली चौथो स्थानमा छ । पछिल्लो पाँच खेलमा लगातार जित निकालेको मुम्बई इन्डियन्स र ब्याटिङ बलिङमा बलियो देखिएको गुजरात टाइटन्ससँग समान १२ अंक भएपनि देल्ली रनरेटमा पछि परेको हो ।  

कोलकात्ताविरुद्ध जित निकाल्न सके देल्ली पुनः शीर्ष स्थानमा उक्लनेछ । १० खेलबाट १४ अंक बनाएको रोएल च्यालेन्र्स बेंगलुरु अहिले शीर्ष स्थानमा छ ।  

डिफेन्डिङ च्याम्पियन कोलकात्ता भने ७ अंकमा सातौं स्थानमा छ । देल्लीविरुद्ध जित निकाले पनि कोलकात्ताले स्थान भने सुधार गर्नेछैन । ११ अंक भएको पञ्जाव पाँचौ र १० अंक भएको लखनऊ सुपर जाइन्ट्स छैठौं स्थानमा छ ।  

आठौं स्थानमा राजस्थान रोएल्स, नवौं स्थानमा सनराइजर्स हैदरावाद र दशौं स्थानमा महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्स रहेको छ ।   

प्रकाशित: १६ वैशाख २०८२ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App