१० पुस २०८२ बिहीबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय ओपन तेक्वान्दोमा खड्का

नेपालका अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। 

यसै अप्रिलमा हुने जापानमा वाटा ओपन र मेमा अस्ट्रेलियाको गोल्ड कोस्ट सहरमा तय गोल्ड कोस्ट ओपन तेक्वान्दोमा अदिशले चुनौती प्रस्तुत गर्ने भएका हुन्। दुवै च्याम्पियनसिपमा अदिशले पुरुष यु–१७ उमेरसमूहको व्यक्तिगत पुम्सेमा चुनौती प्रस्तुत गर्नेछन्। 

जापानको ओसाका सहरमा आगामी अप्रिल २५ देखि २७ तारिखसम्म जापान वाटा ओपन हुँदै छ। त्यसमा अदिशसँगै नेपालका अन्य खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्। आगामी मे ३ देखि ४ सम्म गोल्ड कोस्ट ओपन हुने तय छ। त्यसैले उनी जापानबाटै अस्ट्रेलिया जानेछन्।

आइतबार एक कार्यक्रमबीच अदिश अध्ययनरत कलेज नामी इन्टरनेसनले उनलाई बिदाइ गरेको थियो। जोरपाटीस्थित नामीमा भएको कार्यक्रममा कलेजकी प्रिन्सिपल अनिशा पाण्डेलगायतले उनलाई बिदाइ गरेका थिए। अदिश तेस्रो डान प्राप्त खेलाडीसमेत हुन्। अदिशले यस च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट दिँदै पदक जित्ने आशा व्यक्त गरेका छन्।

प्रकाशित: ९ वैशाख २०८२ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App