आईपीएल २०२५ मा हिजो (आइतबार) दुई खेल भए। ३७औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ७ विकेटले हरायो। पञ्जाबले ६ विकेट गुमाएर १५७ रन बनाएको थियो। बेंगलुरुले १९औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ९ विकेटले पराजित गर्यो। मुम्बईले १५.४ ओभरमा १ विकेट गुमाएर १७७ रनको लक्ष्य भेट्टाएको थियो।
पञ्जाबविरुद्ध बेंगलुरुका लागि विराट कोहलीले ७३ र देवदत्त पडिक्कलले ६१ रन बनाए। क्रुणाल पाण्ड्या र सुयश शर्माले २–२ विकेट लिए। पञ्जाबका प्रभसिमरन सिंहले ३३ र शशांक सिंहले ३१ रन बनाए। अर्शदीप सिंह, हरप्रीत ब्रार र युजवेन्द्र चहलले १–१ विकेट लिए।
मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले अर्धशतक बनाए। जसप्रीत बुमराहले २ विकेट लिए। चेन्नईका शिवम दुबेले ५० र रविन्द्र जडेजाले ५३ रन बनाए। जडेजाले १ विकेट पनि लिए। योसँगै चेन्नईले यो सिजनमा छैटौं हार बेहोरेको छ। चेन्नईले केवल २ खेल मात्रै जितेको छ।
प्रकाशित: ८ वैशाख २०८२ ०७:४७ सोमबार





