१० पुस २०८२ बिहीबार
image/svg+xml
खेल

पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा टेवा पुर्‍याउने उद्देश्यले पाँचथरको फिदिममा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही वैशाख ८ गतेदेखि १० गतेसम्म फिदिमस्थित जिल्ला समन्वय समितिको ब्याडमिन्टन हलमा प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए।  

आयोजक जिल्ला खेलकुद विकास समितिले आज फिदिममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस प्रतियोगितातर्फ मेन्स सिङ्गल, वुमेन्स सिङ्गल, मेन्स डबल्स र मिक्स डबल्स गरी चार विधाका लागि ५८ खेलाडी सहभागी हुने समितिका सचिव दुश्यन्त बस्नेतले जानकारी दिए।

भेट्रान्स प्रतियोगिताको हरेक विधाका विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रदेश खेलकुद विकास बोर्डको संयोजन र फिदिम नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहहरूको समन्वयमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सफल पार्न रु १८ लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रकाशित: ५ वैशाख २०८२ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App