नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ओमानमाथि ८ विकेटको शानदार जित निकालेको छ। त्रिविस्थित मुलपानी मैदानमा भएको खेलमा ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो।
नेपालका लागि स्पीनर युवराज खत्रीले ५ विकेट लिए। निरज यादवले ४६ र साहिल पटेलले ४४ रन बनाए। ५० ओभरको खेलमा ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो। नेपालका सन्तोष यादवले २ तथा अन्य तीन खेलाडीले १–१ विकेट लिएका छन्।
यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराएको थियो। अब बुधबार नेपालले हङकङसँग खेल्नेछ। छनोटको शीर्ष टोली अर्को वर्षको यू-१९ विश्वकपमा पुग्नेछ।
प्रकाशित: १ वैशाख २०८२ १४:१६ सोमबार