११ माघ २०८२ आइतबार
image/svg+xml
खेल

विश्वकप एसिया छनोट : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौंमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु भएका छन्। घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै छ। 

तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै छ। निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको खेलमा टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

पछिल्लो भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो। खेल ४० ओभरमा घटाइएको छ।

प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन्। नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन्। यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन्।

आज नै माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: ३१ चैत्र २०८१ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App