१ वैशाख २०८२ सोमबार
image/svg+xml ०:३८ पूर्वाह्न
खेल

‘धोनीको समय सकियो, दुई सिजनअघि नै सन्यास लिनुपर्थ्यो’

भारतका पूर्व क्रिकेटर मनोज तिवारीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्र सिंह धोनीको पछिल्लो प्रदर्शनलाई लिएर आक्रोश व्यक्त गरेका छन्। 

उनले चेन्नई सुपर किंग्स (सीएसके) का यो चर्चित खेलाडीले दुई सिजनअघि नै आईपीएलबाट सन्यास लिनुपर्ने तर्क गरे। क्रिकबजसँग कुरा गर्दै तिवारीले भने, ‘म अलि कठोर भएँ भने माफ गर्नुहोस्। धोनीले २०२३ को आईपीएलपछि सन्यास लिनुपर्थ्यो, त्यो उनको सबैभन्दा राम्रो समय थियो।’ 

उनले थपे, ‘मलाई लाग्छ, धोनीले क्रिकेटबाट कमाएको प्रसिद्धि, नाम र सम्मान पछिल्लो दुई वर्षको खेल्ने शैलीले बिगारिरहेको छ।’ तिवारी भन्छन्, ‘धोनीका फ्यानले उनलाई यस्तो हालतमा देख्न सक्दैनन्। चेन्नईका फ्यानको प्रतिक्रिया हेर्नुहोस्, सडकमा निस्केर अन्तर्वार्ता दिइरहेका छन्।’ 

गत शनिबार भएको दिल्ली क्यापिटल्सविरुद्धको खेलमा धोनीले २६ बलमा ३० रन बनाएका थिए। उक्त खेल दिल्लीले २५ रनले जितेको थियो। त्यसपछि उनका फ्यानले धोनीको ब्याटिङमाथि प्रश्न गरिरहेका छन्।

प्रकाशित: २५ चैत्र २०८१ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App