२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ०:१५ पूर्वाह्न
खेल

नेपाली युवा क्रिकेट टोलीद्वारा क्लिनस्विप

नेपाली युवा क्रिकेट टोलीले दिल्ली यु–१९ टोलीविरुद्धको एकदिवसीय अभ्यास शृंखला क्लिन स्विप गरेको छ।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल ५१ रनले विजयी भयो। जितसँगै नेपालले तीन खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पार्‍यो। यसअघि नेपाल पाँच विकेट र १०२ रनले विजयी भएको थियो।

नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७७ रनमै समेटियो। दिल्लीका लागि कप्तान रौनक वेग्हेलाले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि दयानन्द मण्डलले चार, विपिनप्रसाद शर्माले दुई तथा नीतिश पटेलले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको थियो। नेपालका लागि रोशन विश्वकर्मा र युवराज खत्रीले समान १८, दिलसाद अली र साहिल पटेलले समान १७, सोहिल कुँवरले १५ र कप्तान सन्तोष यादवले १० रन बनाए।

दिल्लीका लागि किरिट कौशिकले १० ओभरमा तीन मेडनसहित ४८ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए। यसै गरी रौनक वेग्हेलाले तीन तथा शुभम दुवे र अमन चौधरीले समान एक विकेट लिए।

प्रकाशित: १७ चैत्र २०८१ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App