इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजनमा आज (बिहीबार) सनराइजर्स हैदराबाद (एसआरएच) र लखनऊ सुपर जायन्ट्स (एलएसजी) ले एक अर्काको सामना गर्दैछ।
नेपाली समय अनुसार साँझ ७ः४५ बजे हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा खेल हुनेछ। दुवै टोलीले यो सिजनमा आफ्नो प्रदर्शन सुधार गर्ने लक्ष्य राखेका छन्।
सनराइजर्स हैदराबादले घरेलु मैदानको फाइदा उठाउँदै जित हासिल गर्न चाहेको छ। उता, लखनऊ सुपर जायन्ट्स पनि आफ्नो बलियो ब्याटिङ र बलिङको संयोजनले प्रतिद्वन्द्वीलाई चुनौती दिने तयारीमा देखिन्छ।
प्रकाशित: १४ चैत्र २०८१ १३:२२ बिहीबार