अन्नपूर्ण रानी पोखरी कर्नर टिम (आरसीटी) ले राजेश श्रेष्ठको नेतृत्वमा शनिबार नयाँ कार्यसमिति चयन गरेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको ६ पल्टको विजेता अन्नपूर्ण आरसीटीले शनिबार नयाँ नेतृत्व पाएको हो। चुनावी साधारणसभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठ, सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर र कोषाध्यक्षमा नरेश वैद्य निर्विरोध निर्वाचित भएका छन्।
सदस्यमा मात्र मतदान भएको हो। उक्त मतदान प्रक्रियाबाट थप ६ सदस्य पनि चुनिए। रविन महर्जन, चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर र रामचन्द्र श्रेष्ठ सदस्यमा चयन भएका हुन्। क्लबका कुल एक सय ९६ सदस्यमध्ये १ सय ६० मत खसेको थियो। नवनिर्वाचित श्रेष्ठ अन्नपूर्ण आरसीटीका छैटौं अध्यक्ष भएका छन्।
प्रकाशित: १० चैत्र २०८१ ०९:०७ आइतबार